आयल निगमप्रतिको आम बुझाई सकारात्मक छैन् : मन्त्री भण्डारी
२६ पुष, २०८१, शुक्रवार
- आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए ।
काठमाडौं : उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकरात्मक रहेको बताएका छन् ।
शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए ।
उनले भने,‘ आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आममान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पाएपनि बाहिर फरक किसिमबाट हेर्ने गरेको पाइन्छ । अझ चम्किलो पार्न नयाँ ढंगले सोच्नै पर्नेछ ।’
मन्त्री भण्डारीले जनशक्ति धेरै भएपनि संस्थाले माग मात्र गर्ने तर सोही अनुसारको काम भने नगरेको गुनासो गरे । संस्थाले विकास नगर्ने तर संस्थाबाट माग मात्र गर्ने, लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला भन्दै उनले प्रश्न गरे ।
उनले भने,‘यही जनशक्तिमा यो भन्दा धेरै काम गर्न सक्छौ । अझ भरपर्दो बनाउन सक्छौैं । तर त्यसमा पहलकदमी भएको देखिदैन् । संस्थाले विकास नगर्ने त्यो संस्थाबाट माग मात्र गर्ने लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला ? नौं तहभन्दा माथि छ । गणना गर्दा ओला भन्दा बढि सङ्ख्या छ । तर काम छैन् । निर्माणका सुधारका कामहरु थुप्रै छ तर त्यसमा पहल कदमी देखिएको छैन् ।’
आयल निगमले जे जति व्यवसाय गर्छ अहिले त्यसका विकल्पहरु आइसकेको भन्दै नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहने धारणा राखे ।
उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ,अहिले त्यसका विकल्पहरु आइसकेका छन् । धेरै निगमको व्यवसाय घटिरहेको छ । नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटट्ने क्रम चाँही रही रहन्छ ।’
मन्त्री भण्डारीले नयाँ ढंगले नसोच्ने निगम टिकिरहन नसक्ने बताए ।
आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए ।
आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ । आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।